मोरङ – मोरङमा १३ लाख नगद चोरी गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ कटहरी गाँउपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताउनुभयो ।
साउन ७ गते कामतले विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका कामतलाई विराटनगर–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी खिउजुले जानकारी दिनुभयो ।
पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैयाँ र १ लाख ५ हजार पर्ने १ थान मोबाइलसमेत बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका कामतका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।