हिमदुत,२ फागुन वालिङ – स्याङ्जाको वालिङ नगरपालिका १० वर्तुङमा एक दिने अगरबत्ती निमार्ण तालिम सम्पन्न भएको छ ।
वालिङ नगरपालिकाले आफ्ना नगर भित्रका सबै व्यक्तिहरुलाइ सीप सिकाएर बेरोजगारको अन्त्य गर्ने गरि विभिन्न माध्यम मार्फत काम गरिरहेको छ ।
” एक घर एक रोजगार कम लगानी छिटो आम्दानी ” भन्ने नाराका साथ नागरिक स्वरोजगार केन्द्र वालिङ शाखाले एक दिने अगरबत्ती तालिम दिएको तालिम प्रशिक्षक फुलमाया खड्का क्षेत्रीले बताइन ।
उक्त कार्यक्रमले महिलाहरु घरायसी कामबाट बचेको समयको सदुपयोग गदै अगरबत्ती बनाउने तालिममा सिकेपछी उत्पादन गरेर आर्थिक रुपमा आत्मनिर्भर बन्न अग्रसर हुनेमा बिश्वास गरिएको वालिङ १० वर्तुङका महिलाहरुको भनाइ छ ।
सिन्काबाट वालिङ नगरपालिकालाई समृद्ध बनाउन सकिने बताउदै नगर क्षेत्रमा महिलाहरुलाई रोजगारी तिर उन्मुख बनाउन वालिङ नगरपालिकाले सिप सिकाउदै आएको छ र वालिङका महिला दिदीबहिनीहरु साच्चिकै रोजगार हुने भन्दै प्रशिक्षण लिएका एवं स्थानीय महिला हिरा सुवेदीको भनाइ थियो ।