हिमदुत , २६ माघ,वालिङ – कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला लायन्स क्लब अफ वालिङ सिटि र लियो क्लव अफ वालिङ सिटिले रक्तदान कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिका वडा नम्बर ८ पेट्रोल पम्प स्थित गरिएको रक्तदानमा क्लबका पदाधिकारीका साथै स्थानीय व्यक्तिहरु र प्रहरीदल समेत रक्तदानमा सरिक भएका थिए ।
रक्तदान कार्यक्रममा करिब १०५ जानाले रक्तदान गरेको लायन्स क्लबका सदस्य दिपक रेग्मीले जानकारी दिए ।
लायन्स क्लव अफ वालिङ सिटि र लियो क्लबले यसअघि पनि यस्ता अनेकन सामाजिक कार्यहरु सम्पन्न गरेको छ । क्लबले समाजको अत्यावश्यक क्षेत्रमा पुगेर समाजिक कार्यहरु पनि गर्दै आएको क्लबले जनाएको छ ।
कार्यक्रमको संयोजक दुर्गा थापा रहेका थिए ।
लायन्स क्लव अफ वालिङ सिटिको अध्यक्ष कविता भुसाल को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन क्लबको दित्तिय उपाध्यक्ष विजय कोईरालाले गरेका थिए ।