हिमदुत २४,माघ स्याङ्जा –
प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काङ्ग्रेस स्याङ्जाका शुभेच्छुक संस्थाहरुले प्रदर्शन गरेका छ्न ।
भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरूले मौन विरोध प्रदर्शन गरेका हुुन् ।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।
वालिङ मोडवाट भएको प्रदर्शन नयाबजार तल्लो वालिङ हुँदै पुन वालिङ मोडमा आएर समापन गरेका थिए ।
उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस,विपि कोइराला युवा नेतृत्व विकास मंच,नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियन,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स,त्रि वि प्रजातन्त्रवादी कर्मचारी संघ,लोकतान्त्रिक गैर सरकारी संस्था माहासंघ,नेपाल लो वै रो व्य एसोसिएसन,प्रजातान्त्रिक वन एसोसिएसन संघ,प्रजातान्त्रिक विचार समाज,नेपाल पशु स्वास्थ्य स.प्राविधिक संघ,नेपाल निजामती कर्मचारी युनियन संघ,नेपाल कुमाल संघ,लोकतान्त्रिक नेवा:खल,प्रजातन्त्र वादी आयुर्वेद चिकित्सक संघ,नेपाल लोकतान्त्रिक शेर्पा संघ,प्रशासन व्यवस्थापन र विकास केन्द्र,स्कुल अफ डेमोक्रेसी लगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो ।
विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।