वलिङ ५ माघ । पुर्वामृत भवनी माध्यमिक विद्यालय वालिङ १० का २०४८ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई फिल्टर प्रदान गरेका छ्न ।
पुर्णामृतबाट २०४८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले विद्यालयको प्रशासनका लागी तातोचिसो पानीको फिल्टर प्रदान गरेको हो ।
फिल्टर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज अर्यालले स्वच्छ पिउने पानी निकै संवेदनशील पक्ष भएकाले यसप्रति पुर्व विद्यार्थीहरुको चासो निकै नै सराहनीय रहेको बताएका थिए । आँफू अध्ययन गरेको संस्थालाई थप सशक्त ढंगले अगाडि बढाउन पुर्व विद्यार्थीहरुको भुमिका निकै महत्वपुर्ण हुँने अर्यालले बताए। साथै अध्यक्ष अर्यालले विद्यालयको धेरै जग्गाजमिन भएको भन्दै केहि जग्गा विचौलियाहरुले हत्याएकाले यसको खोजी गरी संरक्षण गर्नमा समेत पुर्व विद्यार्थीको सक्रियता हुनुपर्ने बताएका छ्न।
कार्यक्रममा एसएलसी समुह २०४८ का पुर्व विद्यार्थी तथा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले विद्यालयले आँफुलगायत धेरैको भविष्य उज्जवल बनाएको भन्दै हरेकले आ–आफ्नो स्थानबाट सक्रियता देखाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्साल, सहायक प्रधानाध्यापक यमकान्त खनाललगायतले बोलेका थिए भने कार्यक्रमका संयोजक एवं एसएलसी समुह २०४८ का पुर्व विद्यार्थी युवराज गौतमले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
एसएलसी समुह २०४८ ले उपहार स्वरुप विद्यालयलाई ३० हजारको फिल्टर उपलब्ध गराएको पुर्व विद्यार्थी तथा वालिङ साना शहरी खानेपानी संस्थाका प्रमुख देव बोगटीले जानकारी दिए । पुर्व विद्यार्थी समुहले हाललाई प्रशासनलाई उपलब्ध गराएपनि छिट्टै समग्र विद्यार्थीहरुका लागी पुग्ने गरी फिल्टर उपलब्ध गराउने योजना गरेको बोगटीले बताए ।