भवानी अधिकारी,
स्याङजा—१८, मंसिर,
वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरुद्धमा नेपाली कांग्रेस स्याङ्जाले विरोध प्रर्दशन गरेको छ । पुल उदघाटन गर्न पुगेका नेता पौडेलमाथि भएको दुब्र्यवहारप्रति बिज्ञप्ती मार्फत खेद प्रकट सहित बिहीवार सदरमुकाममा बिरोध ¥याली गरेको हो । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बुधवारको घटनाले संबिधानको उल्लंघन गरेको बताए । सरकारले मानव अधिकार, कानूनी राज्य, मौलिक हक लगायत आधारभूत मूल्य मान्यमाथि नांगो प्रहार गरेको छ, योजनाबद्ध षडयन्त्रवाट लोकतान्त्रिक ब्यवस्थामा शान्ति खलबल्याउने तथा राज्यलाई द्धन्द्धमा धकेल्ने सरकारको गैरजिम्मवार कार्य भएको रानाले बताए ।
कोणसभालाई सम्बोधन गर्दे सभापति रानाले जिल्लामा शिलान्यास वा उदघाटन कार्य राजनैतिक सहमति बिना नगर्न भन्दै अनुरोधलाई वेवास्ता गरिएमा स्याङजा कांग्रेस प्रतिरोधमा उत्रने चेतावनी दिए । बिरोध ¥यालीले सदरमुकाम परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभा गरेको थियो । ¥यालीले सरकारका बिरोधमा चर्का नारा लगाउदै सरकारको अधिनायकवादी चरित्र बुधवारको घटनाले उदांगो भएको र सरकारको अभिष्ट पुरा हुन नदिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भई सशक्त प्रतिरोध गर्ने प्रवक्ता इन्द्र गोदारले बताए ।