खुमा अर्याल फाउण्डेशन सामाजिक सेवामा सक्रिय हुँदै ।
हिमदुत सम्वाददाता
स्याङ्जा २६, साउन ।
२०७५ सालमा स्थापना गरिएको खुमा अर्याल फाउण्डेशन अव सामाजिक सेवामा सक्रिय हुने भएको छ । फाउण्डेशनको काठमाडौंमा बसेको बैठकले सामाजिक कार्यका लागि विभिन्न समिती मार्फत आफ्ना गतिविधि सन्चालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा यूवा उद्यमी खुमा अर्यालले समाज सेवा कसैको जोडवल वा करकापमा उब्जने बिचार हैन, स्वत स्फूर्त मनबाट प्रष्फुटन हुने भावना भएको वताएका छन् । अर्यालले मानवताको सेवाको लागि यस्तो भावनाबाट प्रेरित भई संस्था गठन भएकोमा सबैलाई धन्यवाद दिदै संस्थालाई आफ्नो पुर्ण सहयोग र समर्थन रहने वताएका छन् ।
स्याङ्जा स्थायी घर भइ रुपन्देही लगाएत देशभरका बिभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, एग्रो, हाइड्रो लगाएतका क्षेत्रमा लगानी गरी हजारौंलाई रोजगारी दिदै देश निर्माणको अभियानमा समर्पित खुमा अर्यालको नाममा स्याङ्जा जिल्लाका युवाहरुले खुमा अर्याल फाउण्डेशन नामक एक गैर नाफामूखी संस्था स्थापना गरेको फाउण्डेशनका अध्यक्ष कमलराज ढकालले वताएका छन् । २०७५ मा स्थापना भएको सो फाउण्डेशनको मूल उद्धेश्य शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा बिभिन्न सामाजिक कार्य गर्ने रहेको समेत ढकालले जानकारी दिए । बैठकले सामाजिक कार्यहरु सन्चालन गर्न बिभिन्न समिती तथा संयोजकहरु तोकिएको जस अनुसार आर्थिक तथा रोजगारी समितिमा कोषाध्यक्ष सालिकराम अर्याल, शिक्षा समितीमा लेखनाथ शर्मा, स्वास्थ्यमा ध्रुव शर्मा, स्थानिय निकाय लगायत अन्य बाह्य निकाय समितिमा शोभाकान्त ढकाल र छबिलाल अर्याल लगायतलाई जिम्मेवारी दिइएको फाउण्डेशनका सचिब ध्रुब शर्माले बताए ।
वैठकमा युनिभर्सल ग्रुप काठमाडौका जि.एम. सन्तोश खनाल, संजिवनी कलेज बुटवलका प्रमुख दिपक रोका, युनिभर्सल कलेज अफ मेडिकल कलेज साइन्सेज भैरहवाका एफ.सी. राजु बस्नेत, अर्याल एण्ड अर्याल चार्टड एकाउन्टस काठमाडौका प्रमुख सुधन रेग्मी, खिलुङ कालीका सप्लाएर्स एण्ड टे«डिङ्ग काठमांडौका सिइओ सालिकराम अर्याल, लाफिङ बुद्ध हाइड्रोका प्रमुख शोभाकान्त हमाल, माउन्ट एभरेष्ट स्कुल कास्कीका प्रिन्सिपल युक्त अर्याल, खिलुङ कालीका एग्रो स्याङ्जाका एम.डी शोभाकान्त ढकाल, गण्डकी मेडिकल कलेज पोखराका एफ.सी, युवराज शर्मा, प्रफेक्ट पोल्ट्र मार्केटिङ काठमांडौका प्रमुख ध्रुव शर्मा, कालिका फार्मेस्युटिकल्स स्याङ्जाका सिइओ अनिल अर्याल, एभरेष्ट कलेज अफ मेडिकल साइन्स काठमाण्डौका प्रतिनिधी लगाएतले फाउण्डेशनलाई आर्थिक, भौतिक, नैतिक लगाएत संस्थागत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरका थिए ।
बैठक फाउण्डेशका अध्यक्ष कमलराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा संरक्षक भेषराज अर्याल र डा. लुना अर्यालको सहभागिता रहेको थियो । उपाध्यक्ष लेखनाथ शर्माले स्वागत गरेका थिए भने सन्चालन सचिब ध्रब शर्माले गरेकाका थिए ।