Himdut.com
स्याङ्जा, । स्याङ्जाको आँघिखोलाबाट गाँजा बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आँधिखोला गाउँपालिका ४ लप्सिबोट बस्ने ४० वर्षीया मिना लामिछानेलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिनाले आफ्नै घरबाट गाँजा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी चिलाउनेबासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको बताएको हो ।
साथै प्रहरीले गाँजा किन्न आउने सोही गाउँपालिका २ मडुवा बस्ने ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।