हिमदुत सम्वाददाता
स्याङ्जा २५, साउन ।
खुट्टाको वुढी औलामा संक्रमण भएका कारण खुट्टा गुमाएका आँधीखोला गाँउपालिका वाड नं ५ का खेमवहादुर सार्कीको उपचारको लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेलको अगुवाईमा संकलन गरिएको आर्थिक सहयोग शनिवार हस्तान्तरण गरिएको छ ।
आँधीखोला गाउँपालिकाका स्थायी घर भई पोखरा बस्दै आएका स्याङ्जाली र पोखरालाई कर्मथलो बनाएकाहरु संग संकलन गरिएको रु एक लाख ४७ हजार दुई सय ५० रुपैया उनलाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेस स्याङ्जाका नेता राजु थापा, नेपाली काँग्रेसका क्षेत्रिय सभापती तुल्सीराम रेग्मी, दलित संघ केन्द्रिय सदस्य सुजन गहतराज, दलित संघका जिल्ला उपाध्यक्ष क्या. डिल्लीराम सुनार र स्थानीयको सहभागितामा उक्त रकम प्रदान गरिएको हो ।
नङको संक्रमणवाट पीडित सार्कीको उपचार गर्दा निको नभएपछि घुँडामुनीबाट खुट्टा काटिएको छ । अझै पूर्णरुपमा निको नभएपछि थप उपचार सल्येक्रिया गर्नुपर्ने भएकाले आर्थिक अभाव थियो । उनको पीडामा सबैको सानो सहयोग जुटेको आज हस्तान्तरण गरिएको छ । पुन उनको उपचारको लागि सहयोग गरिने पौडेलले जानकारी दिए । थप आर्थिक संकलनका लागी अभियन्ता पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरुमा दरुण दलका जिल्ला सदस्य गणेश उर्पेती, नविन ढकाल, गिता चापागाँई, फणिन्द्र गुरुङ, थानेश्वर पौडेल रहेका छन् ।
उनको उपचारका लागि संविधान सभा सदस्य राजु थापा प्रदेश सांसद भागवतप्रकाश मल्ल र सुजन गहतराजले आर्थिक सहयोग गरेका थिए ।