गत वर्षमा ७ हजार ९ सय ९२ सवारी चालक कारबाहीमा पर्दा ५२ लाख १५ हजार ५ सय राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
९ सय ३१ ट्रकलाई कारबाही गर्दा ५ लाख ८८ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक कार्यालयका अनुसार १ हजार २ सय ७१ बसलाई कारबाही गर्दा ८ लाख ४० हजार राजश्व संकलन भएको हो ।
त्यसैगरि १ हजार ८ सय २४ जिप कार भेन कारबाहीमा पर्दा ११ लाख ६३ हजार ५ सय र ३ हजार संकलन भएको थियो भने ९ सय ६६ ट्याक्टर र मोटरसाईकल कारबाहीमा पर्दा २६ लाख २३ हजार ५ सय राजश्व संकलन ट्राफिक प्रहरी प्रमुख कर्णबहादुर चुनाराले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार ५ सय राजश्व संकलन गरेकोमा गएको वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीले गर्दा झण्डै २९ प्रतिशत कम राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा १५ सवारी दुर्घटना परी ९ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ज्यान गुमानेमा २ बालबालिका ३ महिना र ४ पुरुष रहेको ट्राफिक प्रहरी हेमबहादुर मल्लले जानकारी दिए ।