राहुल गुप्ता, २४ चैत्र ।
साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्र्स्ट एवं समपर्ण सेवा संस्था र टिभि विरगंजले बीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किएको छ ।
साहिब दरबार सेवा सस्थाका नेपालको संयोजक एवं राजपाका प्रभावशाली नेता राजेश मान सिंहको नेतृत्वमा बीरगंज महानगरपालिका वडा नं २ को हरेक घरमा सेनिटाईजर छर्किएको संस्थाका संयोजक राजेश मान सिंहले जानकारी दिए । कोरोना बिरुद्धको लडाई हाम्रो साझा अभियान अन्तर्गत बीरगंज नगर क्षेत्रको हरेक वडाहरुमा बिश्वब्यापी फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी नि शुल्क सेनिटाईजर छर्किएने कार्य शुरु भएको अभियानमा खटिएका संस्थानका युवा दस्ता सदस्य अफरोज आलमले भने, कोरोनाले कसलाई चिन्दैन, यसबाट बच्नका लागी हामीहरु सुरक्षा र सतकर्ता अपनाउन आवश्यक रहेको नेता सिंहले बताए ।
हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौ , भिडभाड स्थानमा नजाऔं सुरक्षा सतकर्ता अपनाउं कोरोनन बाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ उदेश्यकको साथ बीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किएने कार्य आफनो संस्थाले गरेको राजेश मान सिंहले जनाएका छन कोरोना भाईरस नियनन्त्रण गर्नेका लागी नेपाल सरकारले लक डाउन गरेको छा नेता सिंहले सम्पुर्ण पर्सावासीहरु संग मेरो अनुरोध छ कि लक डाउनको उल्लंघन नगरौ,कोरोनाबाट सुरिक्षत बसौ । आजको उक्त कार्यमा दस्ताका सदस्यहरू रूपेश मान सिंह , लियाकत अली , राहुल तुलस्यान , जियाउल हक , कलाम मंसूरी लयायतको उपस्तिथि रहेको थियोे ।