स्याङ्जा, १५ माघ । स्याङ्जाको आँधिखोलामा नुहाउन हिँडेका एक पुरुषको कुवामा डुबेर मृत्यु भएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका ६ पातीखोला बस्ने ४० वर्षीय भिम चापागाईंको कुवामा डुबेर मृत्यु भएको हो ।
नुहाउन भनेर हिँडेका चापागाईं लामो समयसम्म नफर्के पछि खोज्दै जाँदा कुवामा डुबेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि स्याङ्जा अस्पताल ल्याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।