चापाकोट १८ ।
चापाकोटमा नेतृत्व बिकास, सकारात्मक सोच तथा उद्यमशीलता सम्वन्धी एक हप्ते तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले उद्यमशीलताको विकास विना कुनै पनि क्षेत्रको विकास नहुने वताएका छन् । सकारात्मक सोचले नै सवै तिर बिजेता बन्न सकिने वताउदै नगर प्रमुख गिरीले विकास र समृदिको लागि दुई चिज अपरिहार्य रहेको वताएका छन् । उद्यमशीलताको बिकासका लागि नगरले विशेष अभियान शुरु गरेको जानकारी दिंदै आर्थिक समृदिनै चापाकोट नगरपालिकाको मुलभूत उद्देश्य रहेको वताए ,
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष एकदेव भट्टराई, ७ का अध्यक्ष रबिचन्द्र बस्ताकोटी, नेपाली कांग्रेस नगर सहसंयोजक ज्ञानेश्वर बस्ताकोटी , प्रमुख प्रशिक्षक विश्वराज भट्टराई, नगरपालिकाका सल्लाहकार विश्वास पुरी लगायतले बोलेका थिए ।तालिमका संयोजक सुर्य माझीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत सीता गैह्रेले र सञ्चालन प्रिति अधिकारीले गर्नु भएको थियो ।
तालिममा चापाकोट ६ र ७ नम्वर वडाका झण्डै सय जनाको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।