वालिङ, ४ असोज ।
संविधान दिवस २०६७ को अवसर पारेर कामना सेवा विकास वैंकले वालिङ बजार सरसफाई गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व वहन गर्दै स्मार्ट सिटी उन्मूख नगरपालिकामा सरसफाई सम्वन्धी जनचेतना फैलाउने उद्देश्यले शनिवार विहान वालिङ ८ स्थित बजारमा सरसफाई गरिएको कामना सेवा विकास बैंकका शाखा प्रवन्धक महेश गौतमले जानकारी दिए ।
सरसफाई कार्यक्रममा बैंकका कर्मचारी, राजनैतिकदलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रहरी र स्थानीयको सहभागिता रहको थियो ।