
स्याङ्जा, भदौ ७ । स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्मामा पोखरा फाईवर नेट जडानको क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका–१ का २५ वर्षीय अरुण कुमार चौधरी रहेका छन्। उनी हाल पोखरा फाइबर नेटमा कार्यरत थिए र पुतलीबजार नगरपालिका–१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका थिए।
दिउँसो करिब १:४५ बजे बिजुलीको पोलमा भर्याङ लगाउने क्रममा भर्याङ विद्युत् तारमा छुँदा करेन्ट लागेको थियो। गम्भीर घाइते चौधरीलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएको भए पनि चिकित्सकले २:४५ बजे मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलमा थप अनुसन्धान जारी राखेको जनाएको छ।