वालिङ ३१ भदौ ।
सडक दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव एवं नेपाल टेलिभिजनका स्याङ्जा सम्वाददाता शुसील सुवेदी घाईते भएका छन् । समाचार संकलनको लागि स्याङ्जाको गल्याङ् जाने क्रममा सुवेदी चढेको कार गल्याङ ८ करादीमा दुर्घटनामा परेको हो ।
ग २ च ५६०७ नम्वरको कारलाई विपरित दिशाबाट आईरेहेको ग १ च ५०३३ नम्वरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुवेदी सहित वालिङका युवा व्यवसायी तथा केपी पानीका प्रोपराईछर खेम प्रसाद खनाल पनि घाईते भएका छन् । दुवै जनाको वालिङमा सामान्य उपचारी गरी थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैको अवस्था सामान्य रहेको हाल गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको पारिवारिक स्रोतले वताएका छन् । घाईते पत्रकारको अनुहारमा र टाउकोमा चोट लागेको वताइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणम लिएको छ ।