विनोद रखाली मगर
तनहुँ, २८ भाद्र ।
चितवन घर भई हाल दमौलीमा मजदुरी गर्दै आइरहेका गणेशमान र धनमाया चेपाङकी चार वर्षिय चोरी निर्मला चेपाङको शरिरमा तातोपानी खनिएर पोलेका कारण उनी अहिले दमौली अस्पतालमा उपचाररत छन् ।
घरमा दिदी बहिनी खेल्ने क्रममा निर्मलाको शरिरमा तातो पनि खनिएर पोलेको हो । तनहँुको व्यास नगरपालिका वाड नं ११ मा ज्याला मजदुरी गर्दै आइरहेका चेपाङ परिवारलाई आर्थिक अभावका कारण निर्मलाको उपचारमा समस्या परेपछि सहयोगको याचना गरेका छन् । निर्मलालाई थप उपचारका लागि अस्पतालले पोखरा रिफर गरेको परिवारले जनाएका छन् ।
निर्मलाका बावु गणेशमान चेपाङ् इट्टाभट्टामा दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परीवार पाल्नुपर्ने वाध्यताका कारण छोरीको उपचारमा समस्या परेको गणेशमान चेपाङले वताए ।
दमौली अस्पतालले पोखरा रिफर गरेपछि आर्थिक अभावका कारण उनीहरु छोरीको थप उपचारमा वेवास्ता गरेर दमौलीमै राखेका छन् । उनीहरुले यहाँवाट पोखरा नलैजाने बरु लान परे घरमा लैजाने भनेपछि अस्पतालले आफूसंग रहेको साधन स्रोत परिचालन गरेर औषधी दिइरहेको छ । निर्मलाको उपचारका लागि कुरुवाको खाना खर्च समेत दमौली अस्पतालले व्यवस्था गरेका वताइएको छ ।
निर्मलाको छाला रोग विशेषज्ञको निगरानीमा थप उपचार गर्नुपर्ने र दमौलीमा उक्त सेवा उपलव्ध नरहकोले पोखरा लैजान सुझाव दिएको छ । निर्मला बचाउ भन्दै उनकी आमा धनमायाले सबै संग सहयोगको याचना गरेकी छन् । उनले कोही मनको धनी भए मेरो छोरी बचाइदिनुहोस भन्दै आफ्नो मोवाइल नम्वर ९८२६१३११२४ मा फोन गरी अथवा दमौली अस्पतालमै विरामी बालिकालाई भेटी सहयोग गर्न गर्न आग्रह गरेकी छन् ।