स्याङ्जा –
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेसङ्गै अहिले सबै स्थानिय तहका गाउघरमा उम्मेदवार को बन्ला भनेर कुराहरू तथा चर्चाहरु सुरुहुन थालेका छ्न त्यस्तै उता स्थानिय तहका नेताहरुले पनि जनताहरुसङ्ग भेटघाटको क्रम पनि तिब्र रुपमा अघि बढाएका छ्न ।
त्यसैगरी स्याङ्जामा पनि विभिन्न स्थानिय निकाएहरुमा जनता तथा कार्यकर्ताहरुमा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफ्नो वार्डमा तथा पालिकामा कुन नेता निर्वाचित होला भनेर कुराहरू चल्न थालिसकेको छ ।
त्यस्तै यता स्याङ्जाको गल्याङ नगरपालिका वार्ड न ७ मा पनि अब आउने नया उम्मेदवार बारे स्थानिय कार्यकर्ता तथा नेता बिच चर्चा चल्न थालिसकेको छ । नेपाली काङ्ग्रेसबाट भने नया वार्ड अध्यक्ष उम्मेदवारका रुपमा प्रकाश भुषालको नाम गल्याङ ७ मा गुन्जिन थालेको छ ।
को हुन त भुसाल ?
सानै उमेरदेखी नै सामाजिक काममा अनि राजनितीमा हुमिएका क्रियाशिल युवा भुसाल काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा गल्याङ नगरपालिका वडा नम्बर ७ को वार्ड उपसभापतिमा पनि निर्वाचित भएका छ्न । उनी २०६१ सालमा श्री भानुभक्त उच्च मावि गल्याङकाे कक्षा १० नेविसंघकाे सभापति भएदेखी नै सक्रिय राजनितीमा उत्रिएका थिए त्यस्तै नेविसंघको २०६२_२०६३ काे उच्च मावि काे सभापति हुदै २०६४-२०७० सम्म गल्याङ बहुमुखी क्याम्पस काे सभापति सँगै २०६४ देखि २०७o सम्मको नेविसंघ क्षेत्रीय सभापति बनेर पनि विधार्थी आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
स्थानीय स्तरमा विकास निर्माणमा सक्रिय भई दैविक प्रकोप पिडीत असाहय दिनदुखीको सेवामा अहोरात्र खट्ने भुसाल टिकट पाएको खण्डमा वडा अध्यक्षमा जित्ने र समृद्ध वडा बनाउने स्थानीय कार्यकर्ताले बताउदैं आएका छन् । नेपाली कांग्रेसको आस्थामा क्रियाशिल भएपनि भुसाल पार्टी र जातिभन्दा माथि उठेर सामाजिक काममा सधैं सहभागिता जनाउने भएकाले पनि काङ्ग्रेस लगाएत अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुने गरेको छ । भुसालले आफ्नो ठाउँको कला प्रतिभाहरुको उजागर गर्न बिभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
फोनवार्तामा पनि भुसाल आफु र आफ्नो ठाउँको लागि केहि गरौं भन्ने भित्रैदेखीको चाहानालाई साकार पार्न यसपटक आफुके उम्मेदवारी दिने बताएका छ्न भुसालले कुराकानीको क्रममा भने‘ युवाको जोस,अग्रजको होशका साथ अघि बड्नेछु । साँच्चै आफ्नो वडालाई जिल्लाकै नमुना वडा बनाउनेछु । युवा वालवालिका र जेष्ठहरुको मन जितेका भुसाल जनताको दुखमा पनि सधै आफुले सहयोग गरेको बताउछन् । भन्छन्‘ जिम्मेवारी पदमा नरहेपनि थुप्रै काम गरेको छु भने अझ जिम्मेवारी पाउदाँ कति धेरै काम गर्छु मुल्याङ्कन गर्ने जिम्मा तपाईहरुको हातमा छ ।
भुसालले आफू मतदाताहरुको रोजाइमा पर्ने पनि बताएका थिए ।