स्याङ्जा-अर्मादी कल्याणकारी समाज काठमाडौले वालिङ्को चार वटा वार्ड का स्वास्थ चौकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना नियन्त्रण गर्न अहिले देश तथा विदेशबाट वालिङ नगरपालिकालाई आर्थिक तथा सामाग्रीहरु सहयोग आइरहेको बेला अर्मादी कल्याणकारी समाजले वालिङको एक,दुई,तीन र चार नम्बर वडामा रहेका स्वास्थ चौकीलाई कोरोना नियन्त्रणका स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।
उक्त संस्थाले अक्सोमिटर आठ थान, सर्जिकल माक्स हजार थान,हेण्ड सेनिटाइजर एक सय दस थान,डिजिटल थर्मोमिटर बीस थान,सिटामल पैतिस सय ट्याब्लेट,जीवन जल चार सय असी पोका र मेड्रोल चार यम्जिको सय वटा गरि उक्त स्वास्थ सामाग्री चार वटै वडामा विभाजन गरि वार्ड न एक का अध्यक्ष केदार काफ्लेलाई हस्तान्तरण गरिएको संस्थाका सदस्य दोर्ण राज काफ्लेले बताए ।
कोरोना माहामारिको बेला कहि कसैलाई स्वास्थ सामाग्री उपलब्ध नभएर ज्यान गुमाउन नपरोस भन्ने हेतुले संस्थाले सामाग्री पठाएको अर्मादी कल्याणकारी समाज काठमाडौका माहासचिव टेक बहादुर जिटिले बताउछन् ।
उक्त सामाग्री बुझ्दै वालिङ नगरपालिका एकका वार्ड अध्यक्ष केदार काफ्लेले कोरोना माहामारिको परिस्थितिमा अर्मादी कल्याणकारी समाज काठमाडौले स्वास्थ सामाग्री प्रदान गरेको काम प्रती धन्यवाद व्यक्त गरेका थिए ।