वालिङ – वालिङ जेसिजले कोभिड १९ वाट संक्रमितहरू र स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
वालिङ जेसिजले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागी मास्क, सेनिटाईजर, फेससिल्ड र पन्जा हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर प्रमुख दिलिपप्रताप खांणले कोभिडको नियन्त्रणका अग्रभागमा खटिएर काम गर्र्नेे स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप प्रोत्साहन गर्नुपर्ने बताउँदै जेसिजको सहयोगप्रति आभार व्यक्त गरे ।
वालिङ जेसिजले ५५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । जेसिजका अध्यक्ष विश्वास लम्सालले सामाजिक कार्य गर्दै आईरहेको वालिङ जेसिजले कोरोनालाई परास्त गर्न नगरपालिकासंगै रहेर विभिन्न सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
हस्तान्तरण कार्यक्रम अध्यक्ष लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव यज्ञपुरुष रिजालले गरेका थिए ।