सबिन डोटेल चापाकोट-
द राइजिङ ग्रुप चापाकोटले होलि बिशेष कार्यक्रमकाे अायेाजना गरेकाे छ ।
चापाकोट नगरपालिकाका करिव ३ सय युवाहरु रहेको यस ग्रुपले चापाकोट नगरपालिका वडा न.८ मा रहेको रत्नपुरमा यस वर्षको होलि विशेष कार्यक्रम गर्न लागेको ग्रुपका अध्यक्ष मिलन राना मगर ( पुरन) ले जनकारि दिए।
बिगतका बर्षमा झै यसबर्ष पनि होलिको शुभकामना आदन प्रदान गर्ने कार्यक्रम तयार भएको र चापाकोटका युवा वर्ग लाई उपस्थित हुन अनुरोध गरिएको उनको भनाइ रहेको छ । यता कार्यक्रम भभ्यताका साथ सम्पन्न गर्नका लागि स्याङ्जा चापाकोटका तरुण नेता ब्याबसायी ज्याग्दी खोला कन्ट्रकसन एन्ड सप्लार्यस प्रा.लीका प्रोपाइटर निर्मल राना मगर बाट रु ५० हजार र लाल कन्ट्रकसनका प्रोपाइटर लाल ब. घर्ती मगर बाट रु ५० हजार रुपैयाँ सहयोग भएको अध्यक्ष मिलन रानाले बताए ।
समग्रमा यस कार्यक्रम बाट युवालाई सक्रिय रुपमा ब्याबसाय , कृषि तथा आत्म निर्भर रहन छलफल , अन्तरकृया समेत गरिने लाल ब. घर्ती मगर बताए ।