
वालिङ १३ माघ । वालिङ नगरपालिका ले मिति २०८२ साल माघ १३ गते वडा नं. ५ स्थित जगतभञ्ज्याङ स्वास्थ्य चौकी मा ग्रामीण अल्ट्रासाउन्ड तथा महिला स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न गरेको छ।
शिविरमा ८ जना गर्भवती महिलाहरूको ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको थियो। साथै ७१ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा आङ खस्ने समस्यासम्बन्धी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।
महिलाहरूमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचार सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरबाट स्थानीय महिलाहरू लाभान्वित भएका छन्।
नगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
