गरिमा विकास बैंक लिमिटेडले सञ्चालन गरेको “गरिमा बर-पिपल वृक्षारोपण अभियान” अन्तर्गत स्याङ्जा, पोखरा र बागलुङका विभिन्न स्थानमा वृक्षारोपण अभियान सुरू भएको छ। वातावरण संरक्षण र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका वृक्षहरूको संरक्षणका लागि यो अभियान सुरु गरिएको बैंकले जनाएको छ।
वृक्षारोपण कार्यक्रम २०८२ साल असार २२ गते मंगलबार विभिन्न शाखा कार्यालयमार्फत एकैसाथ सम्पन्न गरिएको हो। कार्यक्रम अन्तर्गत वालिङ शाखा अन्तर्गत धार्मिक पर्यटकीय स्थल गर्हौकालिका मन्दीर परिसरमा, छाँयाक्षेत्र मन्दीर र वालिङ स्कोलर्स फाउण्डेशन परिसर गरि ३ स्थानमा वैकका अध्यक्ष दिलिप प्रताप खाँणले वर पिपल र समीका बिरुवा रोपण गरि अभियानको सुरूवात गरिएको वैकको वालिङ शाखाका प्रमुख प्रेम किशोर अर्यालले जानकारी दिएका छन् ।
आजनै वैकका विभिन्न शाखा मार्फत पोखराको तुल्सीघाट, पुम्दीकोट, चापाकोट स्याङ्जाको सितलपार्क, दाङ तुल्सीपुरको मोतिपुर लगायतका स्थानहरूमा बर र पिपलका विरुवा रोपिएको गरिमा विकास वैकले जनाएको छ ।
वैकको सामाजिक उत्तरदायीत्व अन्तर्गत १० वर्ष सम्म वृक्षारोपण गरिएका स्थानहरूमा निरन्तर हेरविचार र चौपारी समेत निर्माण गर्ने योजना रहेको जनाएको छ ।
बैंकले वातावरणीय सन्तुलन कायम राख्न, धार्मिक सम्पदाको संरक्षण गर्न र समुदायमा हरियाली अभियानप्रति चेतना फैलाउन यस किसिमका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।