गल्याङ, ८ जेठ । गल्याङ नगरपालिकाको आयोजनामा आयोजना गरिएको “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२” को उद्घाटन समारोह नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न विभिन्न सिर्जनात्मक विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख भट्टराईले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको जानकारी पनि दिए।
प्रतियोगिता जेठ ८ र ९ गते सञ्चालन हुनेछ। कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षकहरू, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीहरूको उत्साह र प्रतिभाले गल्याङ नगरको शैक्षिक क्षेत्र थप समृद्ध हुने विश्वास गरिएको छ।