वालिङ ८ भदौ । वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारीहरुबाट सञ्चालित सहकारीको दोस्रो अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा डोलराज गैह्रे निर्वाचित भएका छन् ।
यसै गरी उपाध्यक्षमा देवी रेग्मी पौडेल, सचिवमा कृष्ण प्रसाद अर्याल, कोषाध्यक्षमा ईश्वरी प्रसाद तिवारी तथा सदस्यहरुमा पदम प्रसाद पाण्डे, प्रेमनारायण सुवेदी, रेनुकादेवी पाठक, माधव प्रसाद न्यौपाने, गणेश पौडेल क्षेत्री, ज्ञान कुमारी द्वारे खवास, जयन्ती कोइराला, बिजुला कोइराला र सुभाषचन्द्र अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा मणि प्रसाद पंगेनी र सदस्यहरुमा रमा खनाल पाण्डे र कल्पना पौडेल चयन भएका छन् । कुल २ सय ६५ जना शेयर सदस्य रहेको यस सहकारीको अधिवेशनको उद्घाटन वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले गरेका थिए ।
खाँणले सहकारीको स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सहयोगी भूमिका रहेको वताएका थिए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा र वडा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त पाठकको समेत उपस्थिति रहेको थियो ।