स्याङ्जा-६ भदौ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको सभापतित्वमा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोग सम्वन्धी विषयमा नागरिकका विचमा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता धेरै सुधारका काम भएको उल्लेख गर्दै सुशासन र सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिकमैत्री रहेर परिवर्तन ल्याउन खोजेको वताईन ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख शालिकराम शर्मा पौडेलले जिल्लाको शान्ति सुरक्षाको विषयमा प्रहरी चौविसै घण्टा जागरुक रहेको उल्लेख गर्दै प्रहरीले समाजमा हुने गरेका विकृति र विसंगती हटाउन समेत लागिपरेको वताए । यूवा पुस्तामा वढ्दो लागुपदार्थको दुर्व्यसनी, लागुओैषध प्रयोग तथा ओसार पसारका विषयमा प्रहरी निकै सक्रियताका साथ लागेको वताउदै शर्माले यो अभियानमा नागरिकको समेत साथ र सहयोगको अपेक्षा गरेको वताएका थिए ।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देव वहादुर खाँण ईश्वरले भुगोलका हिसावले प्रशासनिक सेवा नागरिकमैत्री हुनु जरूरी रहेको वताए । स्थानीय तह र प्रशासनको समन्वय अनुरूप काम गर्न आग्रह गर्दै खाँणले भने, ” नागरिकको हक अधिकार संरक्षण गर्नु हामी सवैको कर्तव्य हो तसर्थ नागरिक सन्तुष्टि हुने गरि सवै मिलेर काम गरौ ।”
सार्वजानिक सुनुवाई कार्यक्रम चापाकोट नगरपालिका सिटिहलमा सम्पन्न भएको थियो भने लागुओैषध सम्वन्धी सचेतनामुलक कार्यक्रम जनहित मा.वि दामाचौरमा सम्पन्न भएको थियो ।