काठमाडौं-१९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले पहिलो पटक एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।
पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ । ११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे । झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । यसअघि यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो ।