स्याङ्जा, ६ वैशाख । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ३ लसर्घा, देउराली निवासी ३७ वर्षीय इन्द्र थापा रहेका छन् ।
चैत २९ गते जंगलमा लागेको आगो निभाउने क्रममा आगोमा जलेर थापा गम्भीर घाइते भएका थिए ।
आगोमा जलेर गम्भीर घाइते भएका थापाको किर्त्तिपुर बर्न हस्पिटल काठमाडौँमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको आफन्तले जनाएका छन् ।