स्याङ्जा-२३ चैत्र । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ स्थित आँधीखोला कृर्षि फर्ममा अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । भने थप दुई दर्जन विरामी परेका छन् ।
फर्ममा रहेका ५० भन्दा वढि बाख्रामा एउटै लक्षण देखिएको कृषक शेषराज सुवेदीले जानकारी दिए । बाख्रा सवैको भुँडी ढाडिने र झोक्रिने समस्या छ । एक पछि अर्को गरि बाख्राको मृत्यू भईरहेको उनले जानकारी दिए । २१ वटा वाख्राको मृत्यू भईसकेको उनले वताए ।
बाख्रा विरामी परेको केही मरेको देखेपछि कृषक ले नगरपालिका र पशु स्वास्थ्य कार्यालयमा खवर गरेको वताएका छन् । ढिलो गरि पुगेका पशु स्वास्थ्यकर्मी राहतको सट्टा उल्टो तेल खर्च लिएर हिडेको कृषकको आरोप छ । समस्या पहिचान नगरी विषालु घाँसका कारण विरामी परेको हुनसक्ने अनुमान गरेर उनीहरू फर्किएको वुझिएको छ । तर कृषक सुवेदीले भने दिनहुँजसो खुवाईने घाँस खुवाएको दावी गरेका छन् ।
व्यवसायिक रूपमा बाख्रा पालन गरेका उनको फर्ममा स्थानीय र उन्नत जातका वोयर गरि ५३ वटा बाख्रा पालिरहेका थिए । फर्ममा रहेका बाख्राको एन्सुरेन्स गरिएको भएपनि भुलवस नविकरण गर्ने समय एक हप्ता गुज्रिएको हुँदा मर्कामा परेको कृषक सुवेदीको गुनासो छ । व्यवसायिक रूपमा काम गर्ने कृषकको दुखमा स्सथानीय सरकार र सम्वन्धित निकायले सहयोग गर्नुपर्ने उनको भनाई छ ।