हिमदुत सम्वाददाता
वालिङ-७ चैत्र, वालिङ नगरपालिकाले आगामी वैशाख १ गतेवाट कित्ताकाट सुरू गर्ने गरि तयारी थालेको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वताएका छन् ।
वालिङमा आयोजित भू-उपयोग तथा योजना तर्जुमा सम्बन्धी दुइदिने कार्यशाला गोष्ठीको मंगलबार समापन गर्दै नगर प्रमुख खाँडले जन प्रतिनिधिहरु अब बोल्ने समय नभएको भन्दै काम गर्ने बेला भएको बताएका छन।
वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू-उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला कार्यशाला गोष्ठी नगरलाई अगाडि बढाउन मार्गदर्शक भएको उनले वताए ।
नगरक्षेत्रका जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र भू-उपयोग कसरी गर्ने भन्ने सुझाव लिने उद्देश्यले आयोजित कार्यशाला गोष्ठी फलदायी भएको उनको जिकिर थियो ।
नीतिगत कुरा र कार्यान्वयन पक्ष दुबै महत्वपूर्ण रहन्छ तर नीतिगत कुराले कतिपय काम गर्न समस्या पारेको वताउदै हरेक समाजका समाजसेवीहरु चल सम्पत्ति भएको नगर प्रमुख खाँडले वताए । यो चल सम्पत्तिले भरपूर काम गर्नुपर्नेमा उनको जोड थियो । सबै मिलेर काम गर्नुपर्ने भन्दै आँफूले अरुलाई पछाडि राखेर होइन, अगाडि लगाएर काम गर्ने वताए ।
समापन कार्यक्रममा पत्रकार महासँग स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैहे«, नेकपा एकिकृत समाजवादीका जगदिशप्रसाद गैहे, राप्रपाका सागर गैहे, रास्वपाका मेघ आले, माओवादी केन्द्रका कल्पना अर्याल, नेकपा एमालेका यामकान्त खनाल, नेपाली काँग्रेसका नेत्रप्रसाद पाण्डे, युएनडिपिका प्रतिनिधि वर्षा चित्रकारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यशाला गोष्ठीमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले राखेका थिए ।
नगर प्रमुख कृष्ण खाँडको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी माधव न्यौपानेले गर्नुभएको थियो ।
वालिङ नगरपालिकाले युएनडिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरिएको हो ।