कार्तिक, २४ स्याङ्जा ।
नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिइएको छ । स्याङ्जा कांग्रेसका सभापति तथा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार राजु थापाले नेपाली कांग्रेस स्याङ्जाका उपसभापति काफ्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति थापा स्याङ्जा क्षेत्र नम्वर १ को प्रतिनिधिसभा उम्मेदवार भएपछि पार्टीलाई चलायमान बनाउन काफ्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ ९ट० ले दिएको अधिकार प्रयोग गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी दिएका छन् । कात्र्तिक १४ गतेदेखि लागु हुनेगरी सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधानको अधिनमा रही पाटीको हितमा कार्य गर्ने विश्वास लिएको समेत उनले जनाएका छन् ।