वालिङ-१७ असार ।
वालिङ नगरपालिका वाड नं ८ वडा कार्यालयको आयोजनामा जन्मदेखि ५ वर्ष उमेरका वालवालिकाको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुरू भएको छ ।
वडा कार्यालय वि.पि चोकमा जिल्ला समन्वय समिती सदस्य सरस्वती वगालेले स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै बालवालिकालाई घरपरिवारले उचित स्हार नगर्दा कुपोषण, जण्डिस जस्ता समस्याहरू वढिरहेको वताउदै वडा कार्यालयले सुरू गरेको यो कार्यक्रमले यस्ता समस्या समयमै पत्ता लाग्ने हुँदा कार्यक्रम अत्यान्त प्रभावकारी हुने वताईन ।
कार्यक्रममा वडा अध्यक्ष दामोदर तिवारीले वालवालिका वाट स्वास्थ्य परिक्षण सुरू गरिएको र यसलाई जेष्ठ नागरिक सम्म स्वास्थ्य परिक्षणको कार्यक्रम गर्दै जाने सवै खाले रोगको निदानका लागि सम्वन्धित ठाँउमा पठाउन समेत सहज हुने वताए ।
स्वास्थ्य जीवनशैली बनाउन वडा कार्यालयले सम्पूर्ण वडावासीलाई चेतनाको विकास, स्वास्थ्य खानपानको लागि सुझाव र साना तथा गम्भीर प्रकृर्तीको रोगको निदान तथा उपचारका लागि सहयोग हुने विस्वास लिएका छन् ।
वालवालिकाको स्वास्थ्य परिक्षण वडा कार्यालयमा एक दिन र अर्को दिन काफलडाँडा स्वास्थ्य क्लिनिकमा गरि दुई दिन सेवा लिन सक्ने वडा सचिव प्रेमनारायण सुवेदीले जानकारि दिए ।
कार्यक्रममा वडा सदस्य चोलाकान्त अर्यालले सवै नागरिक स्वास्थ्य सेवावाट बन्चित हुनुनपरोस भनी कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । स्वास्थ्य परिक्षण गह्रौ घ्याङलिङ अस्पतालका चिकित्सकहरूवाट गरिएको छ ।