गल्याङ- १५, असार ।
राष्ट्रिय आम्दानीको ठूलो हिस्सा ओगटेको बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन हामी सबैले पहल गर्नुपर्ने गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले वताए । वेरोजगारीको चरम समस्या रहेको देशको अवस्थाका कारण दिनानुदिन वैदेशिक रोजगारीमा जानेको संख्या वढ्दै गईरहेको अवस्थामा रोजगारीमा जानेको सुरक्षाका विषयमा सरकार गम्भीर हुन जरूरी रहेको नगर प्रमुख भट्टराईको भनाई छ ।
गल्याङ नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजनाको अभिमुखिकरण कार्यक्रममा वोल्दै नगर प्रमुख भट्टराईले वैदेशिक रोजगारी रहले नभई वाध्यताले भएको हुँदा रोजगारीलाई सुरक्षित वनाउनुपर्ने आजको प्रमुख आवश्यकता रहेको वताएका छन् ।
‘अहिले नेपाली श्रम बजारमा बर्षेनी साढे चार लाख नयाँ श्रम शक्ति आउने गरेको तथ्याङ्क छ । यो मध्ये बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यान दिनुपर्नेछ ।’ उनले भने, कामको जानकारी विना बैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्नुपरेको छ यसका लागि गल्याङ नगरपालिका भरी नै सचेतना बढाउनुपर्नेमा नगर प्रमुख भट्टराईले जोड दिएका छन् ।
नयाँ श्रम शक्तिलाई अवसरको रुपमा राज्यले लिनुपर्ने समेत उनले वताए ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सुरक्षित बैदेशिक रोजगारीका लागि नगरभरी नै अभियान सञ्चालनको कार्यक्रम ल्याउनुपर्ने बताईन ।
नगरपालिकामा रोजगारीको अवसरका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तयारीमा रहेको भन्दै उनले बाध्यताबश बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाका लागि ध्यान दिनुपर्ने बताईन ।
सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको सामी परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
स्वीस सरकारसँगको सहकार्यमा सञ्चालन भैरहेको सामी परियोजना स्याङ्जा सहित ३९ जिल्लामा लागू भएको परियोजनाका क्षेत्रीय संयोजक भागिराम थारुले जानकारी दिए ।
उनका अनुसार अहिले नेपालबाट कानुनी बाटो प्रयोग गरेका मात्रै ५६ लाख भन्दा बढि बैदेशिक रोजगारीमा रहेका छन् । स्याङ्जाबाट यस वर्ष छ हजार चार सय ५९ जना बैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ ।
कार्यक्रम संयोजक एक ना्रायण सापकोटाले गल्याङ नगरपालिका सहित जिल्लामा सुरक्षित बैदेशिक रोजगारीका लागि संस्थाले काम गरिरहेको बताए ।