जीपमा सवार ११ जना मध्ये ५ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यू हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका बिरबहादर डाला मगर, वर्ष ४० की हिराकुमार डाला, ३५ वर्षकी सर्मीला सारु, उनका वर्ष ७ का छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ४५ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते हुनेमा वर्ष ६० का अंग बहादुर डाला, वर्ष ५७ का दल बहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिएका छन् ।
जीप डाँडाखर्कबाट वालिङ आउने क्रममा दुर्घट्ना भएको हो कच्ची सडकवाट झण्डै दुई सय मिटर भीरवाट खसेर दुर्घटना भएको हो । जिप कसरी दुर्घट्ना हुन पुग्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घाईते र मृतकलाई स्थानीय र वडाप्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडा सहितको टोलीले उद्दार गरेको जानकारी प्रहरीले दिएको छ ।