३० फागुन,स्याङ्जा –स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्रकारसंग सुर्तीजन्य पदार्थ नियनत्तण सम्बन्धी अन्र्तक्रिया गरेको छ । सुर्ती जन्य पदार्थ नियन्त्रण गर्न पत्रकारको भुमिका कस्तो हुनेलगायत सुर्ती जन्य पदार्थ नियन्त्रणका लागी ऐन, नियमका बारेमा जानकारी दिने उद्देश्यले स्याङ्जाका पत्रकारसंग अन्र्तक्रियाको आयोजना गरेको हो ।
कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागी आवश्यक कानुनी ऐनलाई संसोधन गर्दै पालिकालाई सुर्तिजन्य पदार्थ रहित बनाउनका लागी नगरपालिका प्रतिवद्ध रहेको थियो । साथै प्रमुख खांणले सुर्तीजन्य पदार्थको प्रयोगले मानिसको स्वास्थ्य, आर्थिक, सामाजिक पक्षमा समेत असर गरिरहेको भन्दै नगरपालिकाले ऐन बनाएर नागरिकलाई नैतिक रुपमा सचेत बनाउने र विस्तारै विस्तारै यसलाई नियन्त्रण गर्ने बताए ।
नागरिकलाई नैतिक रुपमा सचेत गराउने, सार्वजानिक स्थहरु, विद्यालय वरपरि यसको विक्रि वितरणमा रोक लगाउने ऐन भएपनि ति ऐन नियम कार्यान्वयन नभएको भन्दै यसलाई कायान्वयनको चरणमा लैजाने बताए । कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा, प्रशासक राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. भक्तबहादुर केसीले सुर्तिजन्य पदार्थको नियन्त्रणका लागी पत्रकार तथा मिडियाको भुमिका महत्वपुर्ण रहने भन्दै विश्वमा करिव ८० लाख मानिसहरुको मृत्यु सर्तिजन्य पदार्थका कारण हुने गरेको बताए ।
साथै उहाँले सुर्तिजन्य पदार्थको प्रयोगको अवसस्था, यसका असरहरु, यसलाई नियन्त्रण गर्न बनेका ऐननियमहरुका बारेमा जानकारी गराए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले कानुनी रुपमा सुर्तीजन्य पदार्थ न्युनिकरणका लागी धेरै व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो भएको प्रति ध्यानार्कषण गराए । कार्यक्रममा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन डा. शालिकराम धितालले गरेका थिए ।
यसैबीच वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी विभिन्न प्रतिवद्धताहरु गरेको छ । नगरप्रमुख दिलिपप्रताप खांणद्धारा हस्ताक्षरित प्रतिवद्धताहरुमा सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गरी यसको नियन्त्रणका लागी व्यापक अभियान सञ्चालन गर्ने, वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा सम्पुर्ण कर्मचारीहरुले आजैबाट सुर्तिजन्य पदार्थ सेवन छाड्ने प्रतिज्ञा समेत गरेका छन् ।
पालिकामा तथा सार्वजानिक संस्थाहरुमा सुर्तिजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न पाउने, प्रयोगकर्ताहरुलाई लत छुटाउन स्वास्थ्य कर्मीलाई तालिम दिएर परिचालन गर्ने, यसको नियन्त्रण तथा नियमनका लागी अध्ययन तथा अनुसन्धान गर्ने, जनस्वास्थ्य ऐन २०७८अनुसार सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी रणनिति तयार गर्ने, निरन्तर अनुगमन गर्ने, नगरपालिकालाई क्रमश सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गर्ने उक्त प्रतिवद्धता पत्रमा उल्लेख छ ।