२८,फागुन,स्याङ्जा — न्यु गाउँबेसी बहुउद्देश्यीय सहकारी संस्था लि ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिका १० स्थित शिव पार्वती मन्दिर प्राङ्गणमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीले ५४ जना जेष्ठ नागरिकलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा वालिङ १०का वार्ड अध्यक्ष अनन्त राज गैह्रेले सहकारीले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमको प्रसम्सा गर्दै जेष्ठ नागरिक समाज का धरोहर र ज्ञानका श्रोत भयको भन्दै उनीहरुको संरक्षण गर्नुपर्ने बताए । जेष्ठ नागरिक बाट धेरै ज्ञान हासिल गर्न सकिने भन्दै गैर्ह्रेले उनिहरुलाइ सधै साथ सहयोग गरिरहने बताए ।
न्यु गाउँबेसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुन खनालले नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए ।
अध्यक्ष खनालले आगामी दिनमा पनि संस्थाले जेष्ठ नागरिकलाई खुसी पार्ने तथा जेष्ठ नागरिकका लागि पार्क स्थापना गर्ने पनि बताए ।
कार्यक्रममा सहकारिका सेयर सदस्य कार्यसमिति सदस्य तथा कर्मचारिको उपस्थिति रहेको थियो ।
सहकारी संस्थाका अध्यक्ष अर्जुन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यसै संस्थाका सचिव तारा प्रसाद श्रेष्ठले संचालन गरेका थिए ।