माघ २८ स्याङ्जा—
स्याङ्जाको हरिनास गाउँपालिका ६ स्थित गैराखोलामा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जनजागरण युवाक्लबको दोस्रो वार्षिकोत्सवका अवसरमा साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो । खेल क्षेत्रमा युवाहरुलाई सक्रिय बनाउँदै स्थानीयस्तरमा लुकेर रहेका क्षमतावान खेलाडीहरु उतपादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश मानन्धरले बताउनुभयो । साथै भेट्रान्स भलिवल प्रतियोगिता पनि हुने भएको छ । उक्त खेलको उद्घाटन हरिनास नेकपा एमाले का उपाध्यक्ष ओम प्रकाश सिग्देलले गर्नुहुनेछ भने समापन हरिनास गाउपालिकाका प्रमुख खिम नारायण मानन्धरले गर्नुहुनेछ ।
उक्त प्रतियोगितामा पुरुष तर्फ टिम दर्ताको लागि नगद रु ५ हजार रहेको छ भने भेट्रान्स तर्फ टिम दर्ताको लागि रु २ हजार रहेको क्लबका ……किरण मानन्धरले जानकारि दिनुभयो । उक्त प्रतियोगितामा पुरस्कारहरु प्रथम द्धितिय र तृतिय हुने टिमले पुरुष तर्फ प्रथम पुरस्कार नगद रु ५० हजार द्धितिय पुरस्कार नगद रु ३० हजार तृतिय पुरस्कार नगद रु १५ हजार र सान्तवना पुरस्कार नगद रु ७ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन ।
त्यस्तै भेट्रान्स खेलतर्फ प्रथम पुरस्कार खसि र द्धितिय पुरस्कार २ ओटा भाले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । सधंै प्रजातन्त्र दिवस को अवसरमा सञ्चालन हुने कार्यक्रम यो पटक भने क्लब को दोस्रो वार्षिकोत्सवमा फागुन महिनाको सुरुमै राखिएको मानन्धरले जानकारि दिनुभयो । फाल्गुन ३ गतेदेखि सुरु हुने कार्यत्रम फागुन ८ गते समापन हुनेछ ।