काठमाडौं । संसद सचिवालयले नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गरिराख्नु आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले आइतबार निश्कर्ष निकालेको सचिवालयले जनाएको छ ।
माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।