काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश जारी गरेको छ।
आइतबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यो निवेदनमा सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता सञ्जय अधिकारीले साउन २५ मा सर्वोच्चमा दर्ता गरिएको निवेदनमा देवकोटाको घरको पुरातात्विक महत्त्व रहेको र त्यसको आधिकारिकता नासिने गरी कुनै काम नगर्न आदेश माग गरिएको थियो ।
उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर आइतबार सर्वोच्च अदालतले मुद्दा नटुंगिएसम्म देवकोटाको घरमा निर्माणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न आदेश दिएको हो ।
देवकोटा परिवारसंग उक्त घर खरिद गरी सरकारले भग्नाभशेष हटाइ आधुनिक शैलीकोे संग्राहलय बनाउन लागेको थियो । सरकारको उक्त कार्यबाट पुरातात्वित प्रमाण नष्ट हुने भन्दै सरोकारवालाहरुले विरोध जनाएका थिए ।