वालिङ, १ भदौ ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले अवलम्बन गरेको नीतिले स्थानीय स्तरमै विवाद समाधानमा सहयोग पुगेको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वताए ।
द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा आज वालिङमा सिकाई तथा अभ्यासहरुको आदान प्रदान कार्यक्रममा वोल्दै नगर प्रमुख खाँणले मानिस सामाजिक प्राणी भएकोले समाजमा विभिन्न खाले द्वन्द सिर्जना हुनु स्वभाविक भएको बताउँदै त्यस्ता द्वन्दको सही समाधानमा प्राकिृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले अवलम्बन गरेको नीति प्रभावकारी भएको बताए।
मुलुक संघीयतामा गएपछि स्थानीय तहमा दिइएको अधिकार अन्तर्गत न्याय सम्पादन नयाँ अभ्यास भएको हुँदा अहिले सिकाइकै चरणमा रहेको उल्लेख गर्दै नगर प्रमुख खाँणले प्रत्येक वडामा गठन भएका मेलमिलाप केन्द्र र मेलमिलापकर्ताको क्षमता र दक्षता अझै वढाउदै कार्यक्रमलाई अझै प्रभावकारी वनाउन वालिङ नगरपालिका लागेको समेत उनले जानकारी दिए ।
न्यायिक समिति तथा १४ वटै वडामा रहेका मेलमिलाप केन्द्रका संयोजकहरु सहभागी भएको उक्त कार्यक्रममा न्यायका क्षेत्रमा वडा÷वडा भएका असल अभ्यासहरु, समस्याहरु लगायतका विषयमा छलफल भएको थियो ।
मेलमिलाप सेवावारे अभिमुखिकरण कार्यक्रममा वोल्दै न्यायिक समिती संयोजक तथा उप प्रमुख कल्पना तिवारीले वालिङ नगरपालिकामा न्यायिक समितीले मेलमिलापकै आधारवाटनै धेरै मुद्दा किनारा लगाएको जानकारी गराएकी थिइन ।
स्थानीय सरकार सन्चालन ऐनको दफा ४७ को धारा १ र २ ले व्यवस्था गरे अनुरुप न्याय सम्पादन गरिरहेका वताउदै उपप्रमुख तिवारीले न्याय दिलाउनु भन्दा नागरिकले न्याय पाइयो भन्ने महशुस भयो भने मात्र सहि न्याय सम्पादन हुने हुँदा वालिङ नगरपालिकाले पनि सोही अनुरुप बिवाद समाधान गर्न प्रतिवद्ध रहेको वताइन ।
अदालतको प्रक्रियाका कारण न्याय पाउन अप्ठ्यारो परेका गाउँ घरका बिवादहरुमा न्यायिक समितिले सफलता पाएको बताउदै उप प्रमुख तिवारीले पारिवारिक विवाद, जग्गा सम्बन्धी बिवाद र गाली गलौच सम्बन्धी बिवादमा न्यायिक समितिले दुवै पक्षलाई सजिलो हुने ढंगबाट बिवाद समाधान गरिरहेको जानकारी दिइन् ।
प्राकृतिक न्यायको सिद्धान्तलाई अंगिकार गर्दै विवाद समाधानमा कसैले जितेको र कसैले हारेको भन्ने महशुस हुन नदिइ वालिङ नगरपालिकाले दुवै पक्षको जित महशुस हुनेगरी न्याय सम्पादन गरिरहेको समेत वताइन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका न्यायिक समिती सदस्य बसन्तकुमार मल्ल, आनन्द पाठक, वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत राजन भट्टराई, कानुन शाखा प्रमुख नरवहादुर पौडेल लगायतले वोलेका थिए । उनीहरुले न्यायिक समिती र सामुदायिक मेलमिलापको भूमिका प्रभावकारी वन्दै गइरहेको वताएका थिए । साना तिना द्वन्द समाधान वडावाट मेलमिलाप कर्ताहरुवाट हुने गरिएको हुँदा मेलमिलापको माध्यम प्रभावकारी भएको उल्लेख गरेका थिए ।
द एसिया फाउण्डेशनले स्थानीय सरकार सवलीकरणमा गरेको सहयोग अन्तरगत प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द नेपालले वालिङ नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप सम्वन्धी तालिम र मेलमिलाक कर्ताहरुलाई न्याय सम्पादनका विषयमा सहजीकरण गर्दे आइरहेको छ । सिकाई तथा अभ्यास आदान प्रदान कार्यक्रमको सहजीकरण प्राकृतिक श्रोत द्वन्द्ध रुपान्तरण केन्द्रका रमिला होमागाईले गरेकी थिइन् ।
वालिङ नगरपालिकामा १ सय १६ जना मेलमिलाप कर्ता सुचिकृत छन् । नगरपालिकाको १४ वटै वाडलाई मेलमिलाप केन्द्रको रुपमा कार्य अभ्यास गदैं आएको छ भने मेलमिलापलाई प्रभावकारी ढंगले सन्चालन गर्न मेलमिलाप केन्द्रमा प्रत्येक ६ महिनामा संयोजक परिवर्तन गर्ने गरिएको समेत नगरपालिकाले जनाएको छ ।