वालिङ- १९ असार ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ वि १ अन्तर्गतको लायन्स क्लव अफ वालिङ सिटीको अध्यक्षमा लायन दुर्गा थापा सर्वसम्मत निर्वाचित भएकी छन् । क्लबको १३ औं अधिवेशनवाट वर्ष २०२१/ २२ को नेतृत्वमा चयन भएकी हुन ।
अधिवेसनवाट क्लवको उपाध्यक्षमा बिजय कोइराला, दिपक लम्साल र हरि डुम्रे चयन भएका छन् भने सचिवमा स्वाँ श्रेष्ठ, सह सचिवमा पार्वती पंगेनी, कोषाध्यक्षमा गोविन्द तिवारी, सह कोषाध्यक्षमा फणिनारायण रेग्मी चयन भएका छन् । क्लवको निर्देशकमा यामबहादुर गुरुङ, टेमरमा डण्डपानी पंगेनी, टेल टुइस्टर तोलाकान्त वगाले चयन गरिएको छ ।
यसैगरी मेघराज गैह्रे रिर्पोटिङ अफिसर, रीना भ‘राई कोर्डिनेटर, इन्द्र भुषाल पव्लिक रिलेसन अफिसर, युवराज सुवेदी लगायत चयन भएको क्लवले जनाएको छ ।
नवनिर्वचित अध्यक्ष थापाले लायन्स क्लव अफ वालिङ लाई आफ्नो कार्यकाल उत्कृष्ठ वनाउने प्रतिवद्धता व्यक्त गरिन् । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवले समाजमा रचनात्मक कार्य गर्दै आइरहेको वताउदै उनले वालिङमा क्लवको भुमिकालाई अझ प्रभावकारी हुनेगरी कार्यसम्पादन गर्ने वताइन् । थापा व्यूटिसियन एसोसिएसन स्याङ्जाकी पूर्व अध्यक्ष एवम् सफल व्यवसायी समेत हुन् ।
कार्यक्रममा वर्ष २०२० का अध्यक्ष कविता भुषालले नवनिर्वाचित अध्यक्ष थापालाई बधाई दिदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन् ।