हिमदुत सम्वाददाता
वालिङ-१९ असार । वालिङ नगरपालिका वाड नं ८ निवासी पेशाले इन्जिनियर नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष दिपेन्द्र क्षेत्रीले आफ्नो जन्मदिन जिल्लाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेर मनाएका छन् ।
पछिल्लो समय आफ्नो जन्मदिनमा फजुल खर्च गरेर भन्दा सामाजिक कार्य गरी मनाउने प्रचलन वढ्दै गइरहेको अवस्थामा क्षेत्रीले पनि जन्मदिनमा स्वास्थ सामाग्री लिएर जिल्लाका स्वास्थ्य संस्थाहरुमा पुगेका छन् ।
क्षेत्रिले अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर केसी, गह्रौँ प्राथामिक अस्पताल वालिङका डा. देवेन्द भट्टराई, कालिका सामुदायिक अस्पतालका अध्यक्ष तोयनाथ अर्याल तथा अस्पतालका डा. मुक्ति बगाले, गल्याङ ८ वडा अध्यक्ष भेकप्रसाद श्रेष्ठ र कालीगण्डकी गाउँपालिकाका डा. रेशम राना मार्फत अस्पताललाई आफ्नो जन्मदिनको उपहार भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । इ. क्षेत्रीले सर्जिकल र के एन ९५ मास्क गरी ५ हजार थान, ५० थान पिपिइ, अक्सिमिटर वितरण गरेका छन् ।
जन्मदिनका अवसरमा गरिने फजुल खर्च कटौती गर्दै उनले कोरोनाको यो महामारीका बेला स्वाास्थ्य सामाग्री वितरण गर्नुलाई आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा लिएको वताएका छन् । नेपालीहरु पश्चिमाहरुको सिको गर्दै आफ्नो जन्मदिनलाई विशेष दिनको रुपमा फजुल खर्च वढाइरहेको अवस्थामा आफू मात्र नभई अरुले पनि यसरी नै सामाजिक तथा रचनात्मक कार्यको थालनी गरियो भने समाज परिर्वतन गर्न सकिने उनको धारणा छ ।
उनी संगै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण, युवा उद्यमी तथा समाजसेवी भेषराज अर्याल, भीरकोट १ का वडा सदस्य पुर्ण केसी, नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिका उपसभापति सरोज पौडेल, तरुण जिल्ला सदस्य तारा अर्याल, भीरकोटका तरुण अध्यक्ष राजकुमार गुरुङ, युवा नेता सरोज पौडेल, कालीगण्डकी तरुण अध्यक्ष सुन्दर पाण्डे, विश्वास लम्साल, शिव पंगेनी, सन्दीप कंडेल, विसाल पंगेनी, युवा व्यवसायि सुरेश खांण रुद्र ढुङ्गाना, लगायतको सहभागिता थियो ।