काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ३५५८ जना निको भएका छन् । २४ घण्टामा ५२ जनाले ज्यान गुमाएका छन् ।