काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको बैठक शुक्रबार आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पूर्वसभामुख, कानून व्यवसायी, संविधानविद्हरुसंग निरन्तर परामर्शमा रहेका सापकोटाले आज शीर्ष नेताहरूको बैठक आह्वान गरेका हुन् ।
दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । शीर्ष बैठकर्मा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र पठाएको सापकोटाको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटन पछिको राजनीतिक अवस्था, सर्वोच्चमा विचाराधिन मुद्दा र दलहरुको आगामी भूमिकाको बारेमा छलफल तथा मरामर्शका लागि सभामुखले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानलेले जनाए । संसद विघटनसम्बन्धि सरकार विरुद्धको मुद्दा अहिले सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको छ ।