स्याङ्जा । स्याङ्जाको वालिङ चापाकोट,भिरकोट,गल्याङ नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ ।
स्याङ्जामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा नेपाल विधार्थी संघको पहलमा नेपाल चिकित्सक संघले वालिङ नगरपालिकालाई २ थान र चापाकोट नगरपालिकालाई १थान,गल्याङ नगरपालिकालाई १ थान,भिरकोट नगरपालिकालाई १थान गरि पाँच थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।
विहिवार नेविसंघका माहामन्त्री युवराज पाण्डे र नेविसंघ पुर्व केन्द्रिय सदस्य एव माहाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई,भिरकोट नगरपालिका ५ का वार्ड अध्यक्ष लक्ष्मण अधिकारी (यम प्रसाद) लगाएत काङ्ग्रेसका स्थानीय नेताहरूको उपस्थितीमा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाण २ थान र चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरिलाइ १ थान,भिरकोट नगर प्रमुख छायाराम खनाललाई १ थान र गल्याङ नगर प्रमुखलाई १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।
उक्त अक्सिजन कसन्ट्रेटर हस्तान्तरण गर्दै नेविसंघका माहामन्त्री युवराज पाण्डेले “कोभिड १९ विरुद्धको लडाइमा नेविसंघको साथ ” अभियान अन्तरगत स्याङ्जाको विभिन्न पालिकाहरुमा कोरोना रोकथामको सामाग्री हस्तान्तरण गर्दै आइरहेको बताए ।
नेविसंघका नेताहरु पाण्डे र भट्टराईले अझै अन्य सामाग्री आवश्यक परे नेविसंघले सधै उपलब्ध गराउने बताए ।
उक्त सामाग्री नेविसंघका माहामन्त्री युवराज पाण्डे र नेविसंघ पुर्व केन्द्रिय सदस्य एवं माहाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराईको पहलमा नेपाल चिकित्सक संघले उपलब्ध गराएको थियो ।