काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) शुक्रबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि पूर्ण बैठक जेठ १३ गते नै बोलाइएका हुन् ।
कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेकाले त्यसलाई फुकाउने बिषयमा छलफल हुने बताइएको छ ।