काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र फुटाउन सक्ने बताएका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्ताो बताएका हुन् ।
बस्नेतले कांग्रेस र माओवादी फुटाउन आवश्यक सांसदहरू रहेको दाबी गरे । बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका २५ सांसद रहेकाो उनको दाबी थियो ।
बस्नेतले विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनादर्न शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि दाबी गरेका छन् । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।