हिमदुत सम्वाददाता
स्याङ्जा १६ जेठ ।
नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितीद्वारा स्याङ्जाका अस्पताल र संक्रमण नियन्त्रणको लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्रि वितरण गरेका छन् ।
समितीका सभापती इन्जिनियर दिपेन्द्र क्षेत्रीले शनिवार गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जाका वालिङ नगरपालिका स्थित गह्रौ प्राथमिक अस्पताल, भीरकोट स्थित भीरकोट नगर अस्पताल, गल्याङ स्थित नगर अस्पताल र तिनवटै नगरपालिकामा रहेका सुरक्षाकर्र्मीको युनिटमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
नयाँ भेरियण्ट सहितको संक्रमण वढिरहेको वेला संक्रमण नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गरिरहेका अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीका लगि ४ हजार ५ सय थान माक्स, ६० लिटर सेनीटाइजर, २० थान अक्सिमिटर वितरण गरिएको समितीका सभापती क्षेत्रीले जानकारी दिए ।
विभिन्न कामको शिलशिलामा काठमाण्डौमा बसोवास गर्ने स्याङ्जावासी विद्यार्थीहरुको संगठनले आफ्नो मातृभूमिलाई दुःःख पर्दा सामाजिक उत्तरदायीत्व ठानेर काठमाण्डौमा विभिन्न सहयोगी दाताहरु संग सहयोग मागेर स्याङ्जामा स्वास्थ्य सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।
वितरण कार्यक्रममा स्वास्थ्य सामाग्रीका वारेमा सहयोगी दाताहरु एल.ओ.डी क्लवका सन्चालक भुपेन्द्र सम्शेर कुँवर र रूदिप श्रेष्ठ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समाजसेवि धिरेन विक्रम मोक्तान, युवा व्यवसायी कृष्ण राजन पंगेनी, नेपाली कांग्रेस उघोग विभाग केन्द्रीय सदस्य प्रकाश तिवारी, यूवा समाजसेवी मणी भूषाल, बिमल ग्रैहे, सुमन मल्ल, ई. रूदिप प्रधानद्वार सामाग्री सहयोग प्रप्त भएको जानकारी दिदै उहाँहरुलाई सभापती क्षेत्रीले धन्यवाद व्यक्त गरेका थिए ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा समितीका उपसभापती सरोज पौडेल, युवा समाजसेवी विनोद ग्रैहे, त्रिनेत्र क्लब सुर्कौदींका अध्यक्ष विशाल पंगेनी, क्लवका महासचिव विश्वास पंगेनी र युवा व्यवसायी रमेश भुसालको उपस्थिति रहेको थियो । कोभिड संक्रमणको उच्च जोखिममा रहेका अन्य ठाँउमा समेत वितरण गरिने समितीका उपसभापती सरोज पौडेलले जानकारी दिएका थिए ।