काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले बजेट सम्बन्धी तीन वटा अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
अहिले अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।