काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको जिकिर गर्दै सरकारले घोषित निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ र निर्वाचित सरकारलाई जानादेश अनुसार काम गर्न उत्प्रेरणा मिल्ले बताएका छन् ।
शनिबार गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुको साथै लोकतन्त्रलाई मजबुद बनाउन उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे ।
‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्’, ओलीले भने, ‘यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
प्रधानमन्त्रीले आफ्नै कार्यकालमा दुई पटक संसद विघटन गरेपछि चौतर्फी आलोचनाको खेपिरहेका ओली आफ्नो कदमको बचाउ गर्दै आएका छन् ।